झापामा चट्याङ लागेर एकजनाको मृत्यु

२०८१ बैशाख २५, मंगलवार

झापा : झापामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ।

जिल्लाको अर्जुनधारा नगरपालिका–२ चौरासे बस्ने वर्ष अन्दाजी ५४ का मोहन प्रसाद दुलालको मृत्यु भएको हो। दुलाल घर नजिकै मकै बारीमा मकैमा मल लगाउँदै गरेको अबस्थामा अचानक गड्याङगुडुङसँगै परेको चट्याङले लागेको थियो। घाइते अबस्थामा आफन्तले देखि उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार