आईपीएलमा राजस्थान दिल्लीसँग पराजित

२०८१ बैशाख २६, बुधबार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ ।

दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो । कप्तान सन्जु सामसनले ८६ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । रियान प्रयागले २७, शुभम दुबेले २५ रन, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन बनाए । ओपनर यशस्वी जैसवाल भने ४ रनमै आउट भए ।

दिल्लीलाई जिताउन खलिल अहेमद, कुलदीप यादव र मुकेश कुमारले समान २/२ विकेट लिए भने अक्षर पटेल र रसिक सलामले एक/एक विकेट लिए । यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।

दिल्लीका लागि अभिषेक पोरेलले ६५, जेक फ्रेजर मैकगर्कले ५०, ट्रिस्टान स्टुब्स्ले ४१ रन बनाए । यस्तै, गुलबदनले १९, अक्षर पटेल र ऋषभ पन्तले १५/१५, रसिक सलामले ९ र कुलदीप यादवले ५ रन जोडे ।

राजस्थान रोयल्सका रविचन्द्र अश्वनीले तीन, युजभेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक/एक विकेट लिए ।

यो जितसँगै दिल्ली १० अंकका लखनउलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ । पराजित भए पनि राजस्थानमा भने १६ अंकका साथ दोस्रो स्थानमै छ । समान १६ अंक भएको कोलकाता नाइटराइडर्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार