प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस नेताहरू पुगे बालुवाटार

२०८१ जेष्ठ ५, शनिबार

काठमाडौँ : संसद्मा अवरोध खुलाउने विषयमा छलफलका लागि नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् । छलफलमा कांग्रेस सभापति शेर बहादुर देउवा,  उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरू सहभागी छन् । कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार