बैतडीमा लडेर एक विद्यार्थीको मृत्यु

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौँ : बैतडीमा लडेर एक विद्यार्थीको मृत्यु भएको छ। पाटन नगरपालिका-४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा-९ मा अध्ययनरत १४ बर्षीय प्रकाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार पाटन नगरपालिका-४ बथ्थी घर भएका प्रकाश गएको शुक्रबार विद्यालयमा कुर्सी बाहिर ल्याउने क्रममा लडेर घाइते भएका थिए। उनको छातीमा चोट लागेका र विकलाई सोही दिन डडेल्धुरा अस्पताल पुर्‍याएको बताइएको छ। उनलाई अस्पतालबाट उपचार गरेर घर ल्याएपछि शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार