आरोपकै आधारमा कोही दोषी ठहर हुँदैन : शङ्कर पोख्रेल

२०८१ जेष्ठ ६, आईतवार

तुलसीपुर : नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले आरोपकै आधारमा कोही दोषी ठहर नहुने बताएका छन् ।

प्रेस चौतारी दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले संसदमा बोल्न पाउने अधिकारलाई कसैले कुण्ठित गर्न नहुने बताए । महासचिव पोख्रेलले सहकारीमा देखिएका समस्याहरूको समाधान गर्दै बचतकर्ताहरूको बचत सुरक्षित गर्नु राज्यको दायित्व भएको बताए। फरक प्रसङ्गमा महासचिव पोख्रेलले पुरानो टरिगाँउ धावनमार्ग विस्तारका लागि प्राविधिक रिपोर्ट सकारात्मक आएकाले आर्थिक वर्ष २०८१र८२ को बजेट सुनिश्चित हुने विश्वास रहेको बताए । उनले  सरकार सत्ता साझेदार दलहरूबिच न्यूनतम साझा कार्यक्रमका आधारमा अघि बढ्ने बताए ।

प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले आर्थिक अवस्थामा सुधारका सङ्केत देखापरेको बताउँदै लगानीको वातावरण सुनिश्चितता गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार