प्रतिनिधि सभा बैठक २ बजेका लागि सर्‍यो

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौँ : प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि सारिएको हो ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन ।संसदीय छानबिन समितिको टिओआर बनाउने विषयमा कानुन मन्त्रालयमा कानुन मन्त्री पदम गिरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिबिच छलफल भइरहेको छ ।

ppp

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार