एलिना चौहान बिहेपछि अष्ट्रेलिया पलायन

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौं : अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिकामध्ये पर्छिन् एलिना चौहान । कुनै पनि कोणबाट ‘टप फाइभ’ गायिकाको सूची बनाउनुपर्‍यो भने उनलाई छुटाउन गाह्रो हुन्छ ।

केही समयदेखि करिअरको पिकमा रहेकी यी गायिकाले भर्खरै बिहे गरिन् । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग उनले एक महिना अगाडि लगनगाँठो कसेकी हुन् । बिहेपछि उनको सांगीतिक करिअरमा नयाँ मोड आएको छ । एलिना श्रीमानसँगै अष्ट्रेलिया पलायन भएकी छन् ।

केही दिनअगाडि एलिना सांगीतिक कार्यक्रमका लागि श्रीमानलाई समेत साथ लिएर दुबई गएकी थिइन् । त्यहाँ उनीहरूले घुमघाम र मस्ती गरे । दुबइबाट उनीहरू नेपाल नफर्कीकन सिधै अष्ट्रेलिया गएका हुन् । अष्ट्रेलियामा एलिना आफ्नो सांगीतिक करिअरभन्दा श्रीमानको व्यापार–व्यवसायमा बढी व्यस्त रहनेछिन् ।

एलिनाका श्रीमान् विष्णुले बिहेलगत्तै केही मिडियालाई अन्तरवार्ता लिएर श्रीमतीलाई अष्ट्रेलियामा आफूसँगै राख्ने बताएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार