गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौँ :  नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ। संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। संसद्मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै अवरोध गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार