४५.६९ अंकले बढ्यो नेप्से

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौं : राष्ट्र बैंकले शुक्रबार ल्याएको मौद्रिक नीतिको तेस्रो समीक्षाले कर्जाको माग वृद्धि गर्ने अर्थतन्त्रलाई गति दिन सक्ने आकलनमा सेयर बजारमा समेत वृद्धि देखिएको छ। यही कारण आइतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुमा बन्द भएको छ।

मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्थाले एक वर्ष पूरा भएमा आफ्नो लगानीमा रहेको सेयरको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समेत गरेको थियो। यही व्यवस्थाको कारण सेयर बजारमा बिक्री चाप बढ्ने हो कि भन्ने अनुमानमा समेत लगानीकर्ता रहेका थिए। त्यस विपरीत बजार बढेको हो।

बैंकहरूले सर्वसाधारण सेयरमा धेरै लगानी नगरेको र सबै सेयर समेत बिक्रीमा आउने सम्भावना नरहेको विश्लेषकहरूले बताउन थालेसँगै बजारमा सुधार देखिएको हो। अहिले बजार न्यून तहमा रहेको समयमा राष्ट्र बैंकले गरेको यो व्यवस्थापछि बैंकहरूले सेयर खरिदारी बढाउन सक्ने अनुमानमा बजार बढेको हो।

आइतबारको बजारमा पाँच अर्ब २५ करोड ८४ लाख ३० हजार ५५ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बिहीबार चार अर्ब २३ करोड रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २ करोड रूपैयाँ वृद्धि भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार