मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्कुल पोसाक वितरण

२०८१ जेष्ठ ६, आईतवार

काठमाडौँ : मुक्तिनाथ विकास बैंकले नवलपुरको वुलिङटार स्थित रम्भादेवी आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा ५ सम्मका ७६ जना विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ ।

बैंकले शिक्षा तथा बालबालिकाहरुको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्वतका कामहर गर्ने क्रममा उत्तक्त सहयोग प्रदान गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाधिकारीहरु र विद्याथीहरुको उपस्थिति रहेको थियो बैंकले जनाएको छ ।

यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार