
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको प्रष्टीकरण दिएका छन् ।
आइबार पार्टीको पत्रकार सम्मेलनमा नेपालले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए । सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने उनको भनाइ छ । सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको नेपालले बताए । देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको भन्दै उनले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा राखेर हिँड्ने खाले नरहेको बताए ।