आजै विश्वासको मत लिन फेरि तयार भए मुख्यमन्त्री यादव

२०८१ जेष्ठ २३, बुधबार

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्ततः विश्वासको मत लिन तयार भएका छन् ।

सत्ताबाट बाहिरिने निश्चित भएपछि उनले बिरामी परेको भन्दै विश्वासको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । तर, सभामुख रामचन्द्र मण्डलले उनको आग्रह अस्वीकार गरेर बैठक बोलाए । बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित भएका छन् । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सभामुख मण्डल विश्वासको मतका लागि जसपा नेपालका सांसद र मुख्यमन्त्रीसँग छलफलमा छन् । छलफलमा मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएको जसपा नेपालकै एक सांसदले बताए ।

ती सांसदले भने, ‘बिरामी रहेकोले विश्वासको मतसम्बन्धी कार्यसूची सार्न उहाँ (मुख्यमन्त्री ज्यू) ले आग्रह गर्नु भएको सही हो । तर, कार्यसूची नसारेपछि विश्वासको मत लिन तयार हुनुभएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार