त्रिभुवन विमानस्थलको धावन मार्गमा देखिएको प्वाल पुरियो, अवरुद्ध उडान सुरु

२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा  देखिएको सानो प्वाल पुरेपछि उडान र अवतरण पुनः सुरु भएको छ।

धावनमार्गमा प्वाल परेपछि विमान उडान र अवतरण करिब एक घण्टा प्रभावित भएको थियो। प्रभावित भएको उडान र अवतरण अहिले जारी रहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उनले भने, “विमानस्थलको धावनमार्गमा एउटा सानो लेयरमा समस्या आएर प्वाल परेको थियो। अहिले त्यो पुरिएर विमान अवतरण र उडान भएको छ।”

उनका अनुसार एक घण्टा विमानस्थल अवरुद्ध हुँदा अवतरणका लागि आएका विमान आकाशमै होल्ड भएका थिए। अहिले विमान अवतरण गर्ने क्रम जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार