सरकारले भारतमा वृद्धाश्रम बनाउन बजेट छुट्यायो: राप्रपा सांसद कार्की

२०८१ असार २, आईतवार

काठमाडौं : प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपालले भारतमा वृद्धाश्रम बनाउन बजेट छुट्याएको भन्दै विरोध जनाएकी छन्।

आइतबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटबारे छलफलमा बोल्दै सांसद कार्कीले पर्यटन मन्त्रालयको बजेट पुस्तिकाको १२ नम्बर पेजको ५७५ मा भारतको उत्तरप्रदेश ललिताघाट वाराणासीस्थित साम्राज्यश्वर पशुपति महादेव मन्दिर परिसरको वृद्धाश्रम तथा धर्मशाला पुनः निर्माण भन्ने शीर्षकमा ६५ लाख राखेको सांसद कार्कीले बताइन्।

‘भारतमा! पर्यटन तथा संस्कृति मन्त्रीज्यू वृद्धाश्रम, काशीबासमा जाने तरखरमा हुनुहुन्छ जस्तो लाग्यो,’ उनले भनिन्। कार्कीले नेपालको बजेट वाराणसीमा हाल्नुको कारण पनि खुलाउन माग गरेकी छन्। ‘वाराणसी टाढा छ, बरू देवघाटमा विद्याश्रम खोलेको भए जान सजिलो हुन्थ्यो। अर्थमन्त्री ज्यू मेरो खबर भनिदिनुहोला,’ उनले भनिन्।

कार्कीले अर्थमन्त्रीले कार्यक्रम मागेको तर आफूहरूले दिएको कार्यक्रममा बजेट नपरेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार