काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ४२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय २० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १८ सय रूपैयाँ कायम भएको छ ।