चट्याङ लागेर पाल्पामा ५६ वर्षीय पुरुषको मृत्यु

२०८१ असार ३, सोमबार

पाल्पा : पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्तको गएराति परेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार गएराति करिब ८ बजे घरमै बसिरहेको बेला चट्याङले उनलाई लागेको थियो।

‘चट्याङले लागेर गम्भीर घाइते पन्तलाई उपचारको लागि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार