रियल मड्रिडले मलाई ओलम्पिक खेल्न दिँदैन : एमबाप्पे

२०८१ असार ३, सोमबार

काठमाडौं : फ्रान्सका स्ट्राइकर केलियान एमबाप्पेले नयाँ क्लब रियल मड्रिडले आफूलाई फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ मा भाग लिने अनुमति नदिएको बताएका छन् । २५ वर्षीय एमबाप्पेले ओलम्पिक खेल्ने आफ्नो चाहना रहेको भएपनि ३ जुनमा आएको फ्रान्सको प्रारम्भिक टोलीमा आफ्नो नाम नरहेको बताए ।

किनभने रियलले युरो २०२४ मा सहभागी हुने कुनै पनि खेलाडीले ओलम्पिकमा खेल्न नपाउने भनेको एमबाप्पेले बताएका हुन् । एमबाप्पेको पेरिस सेन्ट जर्मेनसँगको सम्झौता यही जुन ३० मा सकिँदैछ । त्यसपछि उनी स्पानिस क्लब रियल मड्रिडमा अनुबन्ध हुने सहमति भइसकेको छ ।

‘मेरो क्लबको भनाइ स्पष्ट छ, त्यसैले म ओलम्पिकमा भाग लिन्नँ,’ सोमबार डुसेलडोर्फमा अस्ट्रियाविरुद्ध हुने युरो २०२४ को पहिलो खेलअघि एम्बाप्पेले भने । युरो सकिएको दश दिनपछि अर्थात २४ जुलाइदेखि पेरिस ओलम्पिक अन्तर्गत फुटबल खेल सुरु हुँदैछ । ओलम्पिक फुटबल प्रतियोगितामा यू–२३ टोलीले भाग लिँदै आएको छ । त्यसमा प्रत्येक देशले ३ जना २३ वर्षमाथि खेलाडीहरू समावेश गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार