दार्जिलिङ रेल दुर्घटनामा ८ जनाको मृत्यु, मृतकका परिवारलाई १०-१० लाख दिइने

२०८१ असार ३, सोमबार

काठमाडौं : सोमबार बिहान दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएको थियो । रेलवे बोर्डकी सीआईओ जया वर्मा सिन्हाले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या आठ पुगेको बताइन् । अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो ।

रेलवे बोर्डकी सीईओ जया सिन्हा वर्माले मिडियालाई भनिन्, “उद्धार अभियान पूर्ण रूपमा सकिएको छ। अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । घाइतेको संख्या २५ रहेको बताइएको छ तर झण्डै ५० जना अस्पतालमा छन् । सुरक्षा हाम्रो लागि प्राथमिकता हो। प्रारम्भिक दृष्टिले यो मामला मानवीय त्रुटि हो जस्तो देखिन्छ। मालगाडी सिग्नल उल्लंघन गरेर अगाडि बढ्यो । लोको पाइलट र एक गार्डको पनि ज्यान गएको छ, त्यसैले के भयो भन्ने प्रष्ट थाहा छैन, अनुसन्धान सकिएपछि मात्रै केही भन्न सकिन्छ ।”

रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् । दार्जिलिङ जानुअघि मन्त्री अश्विनी वैष्णवले पीडितलाई क्षतिपूर्तिको घोषणा गरेका छन् । उनका अनुसार मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ र गम्भीर घाइतेलाई २.५ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिइनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार