प्रधानमन्त्री कुर्सी जोगाउनमै केन्द्रित छन् : विप्लव

२०८१ असार ३, सोमबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन्।

बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समीकरणलाई मिलाउँदै कुर्सी बचाउनमा नै केन्द्रित भएको भन्दै यसका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहालाई ५ वर्षे योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्ने उनको भनाइ छ। विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले आउन नसकेको बताए। बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खानेबाहेक केही नदेखिएको उनले बताए।

त्यस्तै विप्लवले अमेरिकालाई खुसी पार्न एमसीसीमा सम्झौता गरेको भन्दै अब अमेरिकाले निरन्तर नेपाललाई च्याप्दै जाने र त्यसको शिकार प्रधानमन्त्री हुने बताए। उनले माओवादीहरूले अब आफूलाई नबदल्ने हो भने भयानक बिचल्लीमा पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार