चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आईजीपी परिवर्तन हुने कुरा हल्लामात्र भएको बताएका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले प्रहरी महानिरीक्षक परिवर्तन नहुने प्रष्टीकरण दिए । प्रचण्डले भने, ‘मैले अस्तिको दिनमात्रै तीनैजना आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईँहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्लामात्रै हो ।’