कस्तो रहनेछ आजको मौसम ?

२०८१ असार ४, मंगलवार

काठमाडौँ : हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा  पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। कोशी, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही  तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार