युरो २०२४ को पहिलो खेलमा बेल्जियम स्लोभाकियासँग पराजित

२०८१ असार ४, मंगलवार

काठमाडौँ : युरो कपको दाबेदार मानिएको बेल्जियम आफ्नो पहिलो खेलमा पराजित भएको छ । सोमबार राति भएको खेलमा टोली स्लोभाकियासँग ०–१ गोलले स्तब्ध बनेको हो ।

खेलमा इभान सरान्जले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ७ औँ मिनेटमा गोल गर्दै स्लोभाकियालाई अप्रत्याशित अग्रता दिलाएका थिए । त्यसपछि बेल्जियमले खेलमा फर्कने थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । रोमेलु लुकाकुले दुई पटक गोल गरे पनि त्यसलाई अफसाइड भन्दै भीएआरले रद्द गरेको थियो । त्यस्तै टोलीले कम्तीमा तीनवटा गोलको सुन्दर अवसर गुमाएको थियो ।

जितपछि ३ अङ्क बटुलेको स्लोभाकिया समूह ई को दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार