काठमाडौँ : बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। सिगास गाउँपालिका वडा नं ९ चौखामकी १९ वर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।
सोमबार साँझ पौने ६ बजेतिर घर नजिकै घाँस काट्न गएकी विकको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार उनी महेश्वरी उदय मावि गन्सुरमा ९ कक्षामा पढ्दै थिइन्। छात्राको भीरबाट लडेर मृत्यु भएपछि आज विद्यालयले शोक बिदा दिएको छ।