दाङ : दाङमा ट्याक्टर दुर्घटनाका एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ।
घाइतेमध्ये शान्तिनगर गाउँपालिका वडा नम्बर २ का ५१ वर्षीय धनबहादुर भण्डारीको उपचारका क्रममा बाँकेस्थित नर्सिङ होममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलले बताए। दाङको शान्तिनगरमा सोमबार बेलुका पौने ८ बजेतिर ढुंगा बोकेको ट्याक्टर दुर्घटनामा परी चार जना घाइते भएका थिए।
शान्तिनगर गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय उमेश भण्डारी, ३९ वर्षीय भीमबहादुर बुढाथोकी र ५२ वर्षीय लाटो राना घाइते भएका थिए। उमेश, धनबहादुर र रानाको टाउको छाती र दुवै हातखुट्टामा चोट छ भने बुढाथोकीको टाउकोमा चोट रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
थप तीन घाइतेहरूको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार जारी छ।