गृह मन्त्रालयले समस्या भएका वृद्धवृद्धालाई घरघरै पुगेर राष्ट्रिय परिचय पत्र बनाइदिनुपर्छ: प्रदीप पौडेल

२०८१ असार ४, मंगलवार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वृद्धवृद्धालगायत समस्यामा परेकाहरूको घरघरमै पुगेर राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद पौडेलले बिरामी वृद्धवृद्धाहरू अक्सिजनको सिलिण्डरसहित राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेको बताएका थिए।

‘राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले साउन मसान्तसम्म राष्ट्रिय परिचय पत्र दिने सूचना जारी गरेको छ,’ उनले भने, ‘वृद्धवृद्धाहरू सिडिओ कार्यालय पुग्नुभएको छ। वृद्धवृद्धा र अपांगता भएकाहरूलाई घरघरै राष्ट्रिय परिचय पत्र दिने व्यवस्था मिलाउन म गृह मन्त्रालयलाई आग्रह गर्दछु।’

वृद्धभत्ता लिन २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि प्रशासन कार्यालयमा भिड लाग्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार