कैलालीका विद्यालयमा थप तीन दिन गर्मी बिदा

२०८१ असार ४, मंगलवार

अत्तरिया : कैलाली जिल्लामा अत्यधिक गर्मी बढेपछि  विद्यार्थीको स्वास्थ्यमा पर्ने सक्ने समस्यालाई मध्यनजर गर्दे  स्थानीय तहले विद्यालय बिदा दिन थालेका छन् ।

मंगलबार कैलालीको गौरी गङ्गा नगरपालिका, टिकापुर नगरपालिका र धनगढी उपमहानगरले गर्मी बिदा दिएका हुन् । चर्को घाम, तातो हावा र उच्च तापक्रमले विद्यार्थी बेहोस हुने, पढ्न मन नगर्ने र विद्यालय नै आउन  समस्या हुन थालेपछि वर्षे बिदामा मिलान हुनेगरी उपमहानगर र नगरका  संस्थागत र सामुदायिक सबै विद्यालयमा तीन दिन बिदा दिने सूचना जारी गरिएको हो।

स्थानीय तहले सूचना जारी गरी गर्मीका कारण बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गरेर असार ५ गतेदेखि ७ गतेसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी नगरपालिका अन्तरगत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन भनेको हो।

कैलालीमा केही दिन यता तापमान उच्च ४४ डिग्री मापन गरिएको थियो भने मंगलबार तापक्रम  ४६ .४ डिग्री मापन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार