‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधी व्यवस्था विभागलाई सिफारिस

२०८१ असार ५, बुधबार

काठमाडौं : काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई लेखेर पठाएको छ ।

यो फार्मेसी महानगरपालिकाको वडा नम्बर ३, महाराजगञ्जमा रहेको टिचिङ हस्पिटल (शिक्षण अस्पताल) को प्राङ्गणमा छ । उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधि बिक्री गरेको स्वीकार गरेका थिए ।

पसलमा म्याद सकिएका औषधि पनि फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार