फाइल खोल्छु भनेर कसलाई धम्क्याएको हो, गिरीबन्धु र क्यान्टोनमेन्टको फाइल खोल्ने तागत छ ? : थानी

२०८१ असार ४, मंगलवार

काठमाडाैं : नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गिरीबन्धु टी स्टेट र माओवादी लडाकूको नाममा क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन् ।

विनियोजन विधेयक अन्तर्गत गृहमन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव पेश गर्दै कांग्रेस सांसद थानीले फाइल खोल्छु भनेर कांग्रेसलाई नधम्क्याउन चुनौती दिएका हुन् । ‘भ्रष्टाचारका फाइल खोल्न सिंहको जस्तो मुटु हुनुपर्छ भनेका गृहमन्त्रीजी तीन वटा फाइल कुन हो भन्नु पर्छ । तपाईं सक्नु हुन्छ भन्न ? किन ढिलो गर्नुभएको छ खोल्न ?,’ उनले प्रश्न गरे, ‘तपाईं कसलाई धम्क्याइरहनु भएको छ ? कांग्रेसलाई होला भन्ने बुझ्न सक्छु । गिरीबन्धुको छानबिन गर्न सिंहको जस्तो मुटु छ ? क्यान्टोनमेन्टको घोटाला छानबिन गर्न सक्नु हुन्छ ?’

सांसद थानीले सहकारी ठगीमा मुछिएका लामिछानेका पूर्व पार्टनर जीबी राईलाई पक्राउ नगर्नुको कारण मागे । ‘चैत्र १० गते जीबी आकास होस् या पाताल बाट ल्याउँछु भनेको होइन ? ५० दिनपछि जीबीलाई अघिल्लो सरकारले भगाएको भन्नुभयो । ५० दिनपछि किन भाषा फेर्नु भएको छ ?,’ उनले प्रश्न गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार