शिक्षिका र ट्रक चालकको प्रेम सम्बन्धले निम्त्यायो हत्याकाण्ड

२०८१ असार ५, बुधबार

बैतडी : नेपाली समाजमा पछिल्लो समय प्रेम र यौन विकृतिका अनेक घटना हुन थालेका छन् । यहाँ पाटनकी एक शिक्षिका यस्तै क्रियाकलापमा फसेपछि उनी ट्रकचालकको हत्या आरोपमा पक्राउ परेकी छिन् ।

एकल महिलासमेत रहेकी शिक्षिकाको घरमा नियमित आवतजावत गर्ने अर्का अटोरिक्साचालक आशिष पहरीसँग मिलेर महिलाले आफ्नै घरभित्र ट्रक चालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको कारण प्रेम र यौन क्रियाकलापसित जोडिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार शनिबार रातिदेखि बेपत्ता भएका ट्रकचालक पाटन नगरपालिका–६ का ४६ वर्षीय वीरभान विष्टको हत्या गरेको आरोपमा सोही ठाउँकी ३६ वर्षीय शिक्षिका भागरथी विष्टलाई सोमबार उनकै घरबाट पक्राउ गरेको छ । शिक्षिकासँगै हत्यामा संलग्न पाटन नगरपालिका–६ का अटोरिक्साचालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न पाटन नगरपालिका–१ का दुई जना विद्यार्थी २० वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराईसमेत पक्राउ परेका छन् । पक्राउ परेका दुई जना विद्यार्थीलाई शिक्षिकाले मोटरसाइलमा शव फाल्न २० हजार रुपियाँ दिएको खुलेको प्रहरीले जनाएको छ । रहस्यमय मानिएको हत्याको घटना प्रहरीले सात घण्टा नबित्दै प्रमाणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

उनका अनुसार ट्रकचालक वीरभान असार १ बाट हराएका थिए । विष्टको हत्या महिलाको घरमा भएको खुलेको छ । हत्या हुनुअघि ट्रकचालक वीरभान विष्ट शनिबार राति महिलाको घरमा पुगेको देखिन्छ । केही समयपछि अटोरिक्सा चलाउने युवा पनि महिलाको घरमा गएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । दुई जना पुरुष र महिलाबिच भनाभन हुँदा वीरभान विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि वीरभान विष्टको शव मोटरसाइकलमा राखेर पाटन पञ्चेश्वर सडकखण्डको घाङाखोलामा फालिएको अवस्थामा सोमबार फेला परेको छ । महिलाले दिएको बयान अनुसार शव ओसार्ने काममा पाटनमा डेरा गरी पढ्दै आएका दुई जना विद्यार्थीको प्रयोग भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

आरोपित शिक्षिकालाई प्रहरीले सोमबार घरबाटै पक्राउ गरेको हो भने घटनापछि फरार भएका दुई जना युवा राजेन्द्र भट्टराई र किशोर भट्टराईलाई डोटीको गैराबाट पक्राउ गरेको छ । घटनामा संलग्न अर्का युवा पाटन नगरपालिका–६ का अटो रिक्साचालक पहरीको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार