राष्ट्रपति पौडेल स्वदेश फर्किए

२०८१ असार ५, बुधबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । स्विजरल्यान्ड र जर्मनीको भ्रमण सकेर बुधबार राष्ट्रपति पौडेल स्वदेश फर्किएका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न जेनेभा गएका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलसँग आईएलओका महानिर्देशक गिल्बर्ट एफ हुङ्बोले भेटवार्ता गरेका थिए । त्यस्तै स्विजरल्यान्डका राष्ट्रपति भियोला एमहर्डसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता भएको थियो । जर्मनीमा विभिन्न कार्यक्रममा सरिक हुनुका साथै राष्ट्रपति पौडेलले जर्मन समकक्षी फ्र्यांक वाल्टर स्टाइनमायरसँग पनि भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार