खेलकुद मन्त्रीलाई कर्मचारीले जाँते पिङ खेलाइदिनुभएछ, रूइँरूइँ घुमाइदिनुभएछ: हरि ढकाल

२०८१ असार ५, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खेलकुद मन्त्रीलाई कर्मचारीहरूले जाँते पिङ खेलाइदिएको बताएका छन्। बुधबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद ढकालले यथास्थितिकै बजेट ल्याएर नयाँ भन्दै मन्त्रीलाई कर्मचारीहरूले घुमाइदिएको बताएका हुन्।

‘हाम्रो मन्त्रीलाई कर्मचारीले जाँते पिङ खेलाइदिनुभएछ। खेल मन्त्रालयकै साथीहरू पर्नुभयो। जाँते पिङ खेलाइदिनुभएछ, रूइँ रूइँ घुमाइदिनुभएछ,’ उनले भने। सांसद ढकालले मधेसबाट राष्ट्रिय क्रिकेट टिममा ६ जना खेलाडी भएको तर मधेसलाई एक रूपैयाँ पनि बजेट नदिइएको बताए।

‘मधेसमा एक रूपैयाँ पनि विनियोजन गरिएको छैन। भनेपछि हाम्रो मन्त्रीज्यूलाई कर्मचारीले राम्रै घुमाइदिनुभएछ। त्यहाँ टिपिरहनुभएको होला देखिरहनुभएको होला माथि हुनुहुन्छ राम्रै घुमाइदिनुभएको रहेछ। हेरेको छु पढैको छु,’ उनले भने। ढकालले खेलकुद मन्त्रीलाई निरास नहुन पनि आग्रह गर्दै अर्को वर्ष बजेट बढाउन स्रोतको खोजी गर्न लाग्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार