घोराही : घोराही उपमहानगरपालिका–१७ गैरागाउँका ठाकुरप्रसाद चौधरीको मुख्य पेसा बङ्गुरपालन हो । उनिले यो व्यवसाय गरेको पनि १२ वर्ष भइसक्यो । स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि पेसामा बङ्गुरपालन रोजेको उनि बताए । उमेरले ३५ वर्ष पुग्नुभएका ठाकुरले रमन बङ्गुर तथा कृषि फर्ममार्फत व्यवसाय गर्दै आउनुभएको छ ।
रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्नका लागि व्यवसाय गर्दै आएको र आम्दानी पनि राम्रो हुँदै गएको उनिले बताए । “ठूलो लगानी गरेर विदेसिनुभन्दा सोही खर्चमा मेहनत गरे राम्रो आम्दानी हुन्छ”, उनिले भने , “पैसा पनि राम्रो कमाइने र आफैँ मालिक पनि बन्न सकिन्छ ।”
उनिको फार्ममा अहिले साना ठूला गरेर ९० बङ्गुर रहेका छन् । झण्डै ५० साना पाठापाठी, ठूला माउ र बेलन ४० छन् । एक वर्षसम्म पहिले बजारीकरणमा केही समस्या भए पनि अहिले भने विस्तारै सहज हुँदै गएको उनि बताए ।
उनिले भने , “मेरो आफ्नै पसल पनि रहेको छ, ठूला बङ्गुरलाई पसलमै काटेर मासु बेच्ने गरेको र साना पाठापाठीलाई एक महिना पुगेपछि बेच्दै आएको छु, जसका कारण बजारीकरणको त्यति समस्या भएको छैन् ।” किसान ठाकुरले पाठापाठीलाई रु पाँच हजारका दरले बिक्री पनि गर्दै आउनुभएको छ ।
मासु भने उनि रु तीन सय ८० किलोका दरले दैनिक ८० देखि एक सय २० किलो बिक्री गर्दै आएको बताउनुहुन्छ । बङ्गुरपालन व्यवसायबाट उनिले वार्षिक रु ६÷७ लाख बचत गर्न सफल भएको बताए ।
सुरुमा घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्रबाट रु ५० हजार ऋण लिएर १० वटा पाठापाठीबाट सुरु गरेको व्यवसायले सोचेभन्दा राम्रो प्रतिफल दिँदै गएको उनिको भनाइ छ । उनिले फार्ममा र पसलमा गरेर दुई स्थानीय युवालाई रोजगारीसमेत दिए ।
उनिले व्यवसायका लागि १८ कठ्ठा जग्गा भाडामा लिएको र त्यसको भाडा वाषिक रु एक लाख तिर्ने गरेको बताए । विभिन्न समयमा बङ्गुरमा लाग्ने रोगका कारण किसानलाई समस्या पर्ने भए पनि यस व्यवसायको सम्भावना आगामी दिनमा राम्रो रहेको उनिको अनुभव छ । अन्य कुनै रोजगार नभएकाले यसैलाई निरन्तरता दिँदै जाने उनि बताए ।
कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाएका किसानलाई राज्यले पनि विभिन्न सहयोगका कार्यक्रम ल्यायो भने अझ सहज हुने उनिको भनाइ छ । अन्य युवालाई पनि धेरै रकम खर्चेर विदेश जानुभन्दा स्वदेशमै कुनै पनि व्यवसायमा जोडिएर जीविकोपार्जन गर्न उन्न्न्न्नि आग्रह गर्नुहुन्छ ।