गोरखामा जेसिबी दुर्घटना, चालक घाइते

२०८१ असार १४, शुक्रबार

सुलीकोट : गोरखामा जेसिबी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

गोरखा नगरपालिका – ११ रान्डी खोलामा भएको दुर्घटनामा जेसिबी चालक गोरखा नगरपालिका – १३ देउराली घर भएका वर्ष २४ का ईश्वर भट्टराई घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गोरखा सदरमुकामबाट तेह्र किलो हुँदै छेपे टार तर्फ जाँदै गरेको अन टेस्ट नम्बरको जेसिबी बिहीबार बेलुका ७ बजे दुर्घटनामा परी सडकबाट ५० मिटर तल खसेको उनले बताए । ओरालो ढलान बाटो भएकाले ब्रेकमा समस्या आएर दुर्घटना परेको हुन सक्ने अनुमान गरिएको छ ।

घाइते चालकलाई स्थानीय र प्रहरीको सहयोगमा जिल्ला अस्पताल गोरखामा पुर्याई उपचार भइरहेको बताइएको छ । घाइते चालकको टाउको र हातको भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अहिले घाइतेको उपचार भइरहेको साथै अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार