भीषण वर्षाका कारण विमानस्थलको छत खस्यो, ६ जना घाइते

२०८१ असार १४, शुक्रबार

काठमाडौँ : भारतको दिल्लीमा आज बिहानै भएको भीषण वर्षाका कारण त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छत खसेको छ।

समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन्। यो छाना सवारीसाधन र ट्याक्सीमा खसेको थियो, जसमा केही मानिस थिए।घटनाबारे जानकारी पाएपछि दिल्ली फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए। घरको छतबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन्।

दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले बीबीसी हिन्दीसँग भनेका छन्, ‘बिहानैदेखि भइरहेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विङको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो। केही घाइते भएका छन्। सबै घाइतेलाई आकस्मिक उपचारका लागि आवश्यक सहयोग र चिकित्सा सेवा उपलब्ध गराइँदै छ।’

उनका अनुसार यस घटनाका कारण टर्मिनल १ बाट सबै उडान अस्थायी रूपमा रोकिएका छन् र सुरक्षाका लागि चेक इन काउन्टर बन्द गरिएका छन्। भारतीय मौसम विभागले दिल्ली-एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा जारी रहने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार