मन्त्रीमण्डल परिवर्तन हुँदै

२०८१ असार १४, शुक्रबार

काठमाडौं : मन्त्रीमण्डल परिवर्तनको तयारी भएको छ । केहि मन्त्रीको मन्त्रालय परिवर्तन हुने र केहि मन्त्रीलाई फिर्ता पठाइने तयारी भएको हो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई सरकारकमा समावेश गर्ने तयारी छ । यी दुई पार्टीलाई एक एक मुख्य मन्त्रालय दिने तयारी समेत रहेको छ । यसो गर्दा माओवादीका केहि मन्त्रीसमेत परिवर्तन हुने छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मालाई फिर्ता बेलाउने तयारी रहेको छ । माओवादीको एक मन्त्रालय समेत घटाएर नयाँ दुई जनालाई मन्त्री बनाउने तयारी रहेको छ ।

त्यस्तै जनमत पार्टीका सिके राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रोजेका छन् दामोदर भण्डारीलाई अन्य मन्त्रालय दिने वा फिर्ता बलाउने विषयमा छलफल भैरहेको छ । रास्वपालाई समेत एक मन्त्रालय छोड्न आग्रह भैरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार