बढ्यो सुनचाँदीको मूल्य

२०८१ असार १४, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ । बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ४१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

बिहिबार चाँदीको मूल्य प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएकोमा आज प्रतितोला १० रूपैयाँले बढेर १७ सय ९० रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार