राजेश पायलको ‘मनको सारङ्गी’ सार्वजनिक

२०८१ असार १४, शुक्रबार

काठमाडौं : गायक राजेश पायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ ।

सरिता लिङ्देनको शब्द रहेको गीतमा मञ्जु मितेरीले संगीत भरेका छन् । गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेञ्ज रहेको छ ।

गीतको भिडियोमा गायक राजेश पायल स्वयमको फिचर्ड रहेको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीतलाई मुन्धुम स्टुडियोमार्फत सार्वजनिक गरिएको छ । गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार