बसको ठक्करबाट कुमालको मृत्यु

२०८१ असार १४, शुक्रबार

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान वडा नम्बर ९ इमिलियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–३३५३ नम्बरको बसको ठक्करबाट एक युवकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा पाल्पा रामपुर नगरपालिका ५ का रमेश कुमालको मृत्यु भएको हो ।  उनको उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार