
काठमाडौं : पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।
उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापा फरार थिए । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो । भुटानी शरणार्थी प्रकरणमा जोडिएका उनी लामो समयदेखि फरार थिए।
उनलाई अहिले जिल्ला प्रहरी परिसर टेकु लगिएको छ।