रास्वपाको अनुशासन आयोगले मुकुल ढकाललाई सोध्यो स्पष्टीकरण

२०८१ असार १४, शुक्रबार

 काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।

पछिल्लो एक महिने समीक्षा यात्राका क्रममा तयार पारिएको प्रतिवेदनबारे पार्टीमा छलफल नगरी मिडियामा सार्वजनिक भएका बुँदाहरूबारे पार्टीले उनलाई स्पष्टिकरण सोधेको हो। पार्टीका एक पदाधिकारीका अनुसार, शुक्रबार साँझ रास्वपाको अनुशासन आयोगले उनलाई यसको कारण सोध्दै स्पष्टिकरण सोधेको हो।

‘पार्टी अनुशासन आयोगबाट उहाँ (मुकुल)लाई स्पष्टीकरण सोधिएको हो,’ ती पदाधिकारीले भने, ‘पार्टीबारे बनाइएको प्रतिवेदनका बुँदाहरू किन बाहिर सार्वजनिक गरिएको हो, त्यसको कारण सोध्दै पत्र पठाइएको छ।’महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन र त्यसपछिका अभिव्यक्तिका कारण रास्वपा तरंगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार