बादलका छोरा प्रतीकलाई आइतबार अदालतमा पेस गरिने

२०८१ असार १४, शुक्रबार

काठमाडौं : पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आइतबार अदालतमा पेस गरिने भएको छ ।

बौद्धबाट शुक्रबार साँझ पक्राउ परेका थापालाई आज जिल्ला प्रहरी परिसर टेकुमा राखिने उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्त हुन् । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलको प्रतिवेदनमा नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको बताइएको छ । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार