
काठमाडौँ : चक्रपथ विस्तारका लागि संसदमा पटक पटक कुरा उठाउदा पनि विस्तारका काम नभएको चिनिया राजदुत लाइ भेटेर आग्रह गर्दा पनि चक्रपथ विस्तारका काम नहुदा यो दबाब यात्रा सुरु गर्नु परेको पौडेलद्वारा जारी भिडिओ संदेशमा उल्लेख छ ।
नेपाल सरकारले आफ्नो पक्ष बाट गर्नुपर्ने काम समयमा सम्पन्न नगरेर चिनिया कम्पनीले कमै सुरु गरेको छैन अझै कति वर्ष लाग्ने हो थाहा छैन यो कुनै पार्टी बिशेषको कार्यक्रम नभई सम्पूर्ण नेपालीको हक हितको लागी रहेको छ। काठमाडौँ भएको जम्मा १३ किमि बाटो बनाउदा पनि यत्रो समय लाग्दा झन् दुर्गमको अवस्था के होला भनि पौडेलले प्रश्न गरेका छन्।
चक्रपथ समयमा नबन्दा धुवा धुलोले गर्दा जनताहरुले धेरै कस्ट बेहोर्नु परेको अब सदन बाट मात्र नभई अब सडकमानै आएर दबाब दिने पौडेलले उल्लेख गरेका छन। उनले उक्त दबाब यात्रामा सम्पूर्ण लाई साथ दिन पनि आग्रह गरेका छन् । उक्त यात्रा कलंकी बाट सुरु भई बसुन्धरा पुगी अन्त्य हुनेछ।
https://www.facebook.com/pradippaudelnc/videos/1215682086262086