
क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्नियामा बेलायती राजपरिवारका सदस्यको स्वामित्वमा रहेका सामानहरूको लिलामी भएको छ । यी सामानहरू ४० लाख पाउण्डभन्दा बढीमा लिलामी भएका हुन् ।
लिलामी भएका वस्तुहरूमा राजकुमारी डायनाका डिजाइनर लुगा र नोटहरू पनि समावेश छन्। २ सयभन्दा बढी वस्तुहरू बिक्रीमा समावेश थिए। यसमा धेरै जसो डायनाको व्यक्तिगत चीजहरूको सङ्ग्रह थियो।
बेलायती डिजाइनर भिक्टर एडेल्स्टाइनको म्याजेन्टा रेशम र फीताको अफ-द शोल्डर साँझको पोसाक सबैभन्दा महँगो बिक्री भएको छ। ९ लाख १० हजार डलरमा बिक्री भएको थियो । डायनाले सन् १९८७ मा लन्डन र जर्मनीमा यो पोसाक लगाएकी थिइन् । यो रकम लिलामीका लागि तोकिएको मूल मूल्यभन्दा साढे चार गुणा बढी हो ।
लिलामीमा राजकुमारी डायनाले लेखेका २० भन्दा बढी पत्र, नोट र कार्डहरू पनि समावेश थिए।एजेन्सी