कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

२०८१ असार १६, आईतवार

दमक : झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रवार बेलुका कमल गाउँपालिका वडा नं. ५ सावित्र चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएर दुर्घटना हुँदा दुहिजना घाइते भएका थिए।

घाइतेमध्ये मोटरसाइकल पछाडि सवार शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिवार साढे ४ बजे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । आचार्यको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो ।

अर्का घाइते सोही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार