
काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ४२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।