सिटी सफारीको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु, आमा घाइते

२०८१ असार १६, आईतवार

झापा : झापाको दमकमा सिटी सफारीले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा बालिकाकी आमा गम्भीरु घाइते भएकी छन्।

दमक नगरपालिका–१, बरगाछीमा शुक्रबार मे.१ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल हिँडिरहेको अवस्थामा काठमाडौँ घर भई हाल दमक–१ मा डेरागरी बस्ने २४ वर्षीय शर्मिला लिम्बू र उनकी दुई वर्षीय छोरी आरुषीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते आमाछोरीलाई उपचारका लागि प्रहरीले लाइफलाइन अस्पताल दमक पु¥याइएको थियो।

उपचारकै क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि सिटी सफारीचालक फरार रहेका प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार