
एजेन्सी : अमेरिकाको लसएन्जलसमा ७५ हजारभन्दा बढी मानिस घरबारविहीन भएको तथ्यांक सार्वजनिक भएको छ ।लस एन्जलसको घरविहीन सेवा प्राधिकरण (एलएएचएसए) द्वारा शुक्रबार जारी गणनाको नतिजाअनुसार सन् २०२३ को तुलनामा घरवारविहीनको संख्यामा ०.३ प्रतिशतले कमी आएको हो । गत वर्ष ७५ हजार ५ सय १८ थियो ।
यसमध्ये ४५ हजार मानिस लस एन्जलस सहरका सडकमा बसोबास गर्ने बताइएको छ । लस एन्जलसका मेयर करेन बासले २०२२ मा कार्यकाल सम्हालेको पहिलो दिनमै घरबारविहीनको समस्या समाधानका लागि आपतकालीन अवस्था घोषणा गरेको थिइन् ।
घरबारविहीन व्यक्तिहरू, टेन्ट, कारलगायत अस्थायी आश्रयमा बस्ने बताइएको छ । एलएएचएसएका सिइओ भा लेसिया एडम्स केलमले प्रेस विज्ञप्तिमा यस वर्षको घरबारविहीन गणनाले आशा दिएको बताउँदै एकीकृत दृष्टिकोण र समन्वित प्रयासहरूले घरबारविहीनहरूमा केही कमी ल्याएको जनाए ।