काठमाडौं : भारतीय तीब्र बलर जसप्रित बुमराह टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत प्लेयर अफ द टुर्नामेन्ट चुनिए । बुमराहले ८ खेलमा १५ विकेट लिएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा रिजा हेन्ड्रिक्स र मार्को जेन्सेनको विकेट लिएका थिए।
टी–२० विश्वकप जितेर बुमराह निकै खुसी देखिएका थिए । यसै क्रममा आफ्नी श्रीमती सञ्जना गणेशनलाई अन्तर्वार्ता दिने क्रममा उनले उनलाई अँगालो पनि हालेका थिए । बुमराहले अन्तर्वार्तामा भनेका थिए कि मैले शान्त भएर खेल्ने प्रयास गरें । म संसारको शीर्षमा छु। मेरो छोरा यहाँ छ, परिवार यहाँ छ। हामीले जित्न निकै मेहनत गरेका छौं ।
बुमराहकी श्रीमती सञ्जना गणेशन वरिष्ठ खेल पत्रकार हुन् र यो विश्वकपमा उनलाई अन्तर्राष्ट्रिय क्रिकेट पटिषद (आइसीसी) ले आइसीसी डिजिटल इनसाइडरको रूपमा नियुक्त गरेको थियो ।