लेन मिच्ने सरकारी गाडीका चालक कारबाहीमा

२०८१ असार १६, आईतवार

काठमाडौँ : जल उत्पन्न प्रकोप नियन्त्रण विभागको गाडी कारबाहीमा परेको छ। सडकमा लेन मिचेको पाइएपछि ललितपुर जिल्ला प्रहरी ट्राफिक कार्यालयले विभागको बा १ झ ७६७४ नम्बरको गाडीलाई नियन्त्रणमा लिएर चालकलाई कारबाही गरेको हो।

लेन मिचेको भिडिओ भाइरल भएपछि प्रहरीले गाडीको खोजी गरेको थियो। शुक्रबार साँझ सातदोबाटोबाट ग्वार्कोतर्फ आउनेक्रममा निर्माणधीन आकाशे पुल नजिक गाडीले डिभाइडर नै नाघेर लेन परिवर्तन गरेको थियो।

गाडीमा चालकमात्र रहेको ट्राफिक प्रहरीले बताए पनि सार्वजनिक भिडियोमा दुई जना सवार प्रष्ट देख्न सकिन्छ। सवारीका चालकलाई लेन अनुशासनमा कारबाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार