गुडिरहेको अटोबाट खसेर एकको मृत्यु

२०८१ असार १६, आईतवार

घोराही : दाङमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

खैरा–कोठरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–९ अस्पारामा गुडिरहेको रा १ ह ५०८८ नम्बरको अटोबाट खस्दा घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी ६० वर्षीय वसन्तबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

खैराबाट कोठरी जाँदै गरेको अटोबाट खसेर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार